३ दिनमा कति अंकले घट्यो नेप्से ?

५ बर्ष अगाडि

काठमाडौं – यो साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४८ अंकले घटेको छ ।

यो साता तीन दिन मात्र शेयर कारोबार भएको थियो । साताको पाँच दिन कारोबार हुने गरेको यस साता दुई दिन सार्वजनिक बिदा परेको हुनाले तीन मात्र शेयर कारोबार भएको थियो । यो साता नेप्से परिसुचक आइतबार, मंगलबार र बुधबार मात्र कारोबारमा आएको हो । यसरी दिन शेयर कारोबार हुदाँ नेप्से परिसुचक घटेको छ । 

यो साता २५०६.६८ बाट बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो । साताको अन्तिम कारोबार दिनसम्म आउँदा त्यो ४८.१९ अंकले घटेर २४५८.४९ को बिन्दुमा पुगेको हो । 
यस्तै, कारोबार तर्फ यो साता १३ अर्ब ८५ करोड ८५ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ । यो साता ३ करोड २० लाख ७८ हजार १२२ कित्ता शेयर १ लाख ५३ हजार ५०९ पटक खरिद बिक्री भएको हो ।

कारोबारको पहिलो दिन (आइतबार) नेप्से परिसुचक २१.५८ अंकले ओरालो लागेको थियो । सो दिन परिसुचक २५०६.६८ को बिन्दुबाट कारोबार सुरु भई २४८५.१० को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यस दिन नेप्सेमा २११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटक खरिद बिक्री हुदाँ ५ अर्ब ५४ लाख रुपैंया बराबरको कारोबार भएको थियो । 

सोमबार नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसंगै नेप्सेमा कारोबार बन्द रहेको थियो । 

कारोबारको दोस्रो दिन (मंगलबार) पनि नेप्से परिसुचक २३.२२ अंकले ओरालो लाग्दै २४६१.८८ को बिन्दुमा पुग्दै कारोबार बन्द भएको थियो । यस दिन नेप्सेमा २१० कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ७५ करोड २७ लाख रुपैंया बराबरको कारोबार भएको थियो । 

यस्तै, कारोबारको तेस्रो दिन (बुधबार) अर्थात अन्तिम दिन नेप्से परिसुचक ३.३९ अंकले ओरालो लागेको थियो । बुधबार २४६१.८८ को बिन्दुबाट कारोबार सुरु भई २४५८.४९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यस दिन नेप्सेमा २०५ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीहरुको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४६ हजार ९४८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब १० करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको थियो । 

त्यस्तै,आज बिहीबार महाशिवरात्री परेसगैैैैं सार्वजनिक बिदा भएको हुदाँ नेप्सेमा कारोबार बन्द रहेको छ । आगमी शुक्रबार र शनिबार भने नियमीत रुपमा नै शेयर बजार बन्द हुनेछ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया