नेपाली बजार टाटा मोटर्सका नयाँ ५ गाडी सार्वजनिक

४ बर्ष अगाडि

काठमाडौं - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्ज अन्तर्गतका ५ वटा नयाँ गाडी नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ बीएससिक्समा आधुनिक प्रविधि जडान गरिएका छन् ।

योसँगै टाटा कंम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकै पटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ । 

सार्वजनिक गरिएका गाडीको बनावट टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेजअनुसार तयार पारिएको छ । 

कम्पनीका अनुसार नयाँ टियागोको इन्जिन क्षमता १२०० सिसी रहेको छ भने यो रातो, पहेंलो, नीलोलगायत ६ वटा रङमा उपलब्ध छ । सोही क्षमताको नयाँ टिगोर ५ वटै रङमा उपलब्ध छ ।

यस्तै, नयाँ नेक्सनमा इरा प्रविधि जडान गरिएकाले नेपालको सडक सुहाउँदो रहेको कम्पनीले जनाएको छ । यो गाडी ६ वटा रङमा उपलब्ध छ ।

२००० सिसी इन्जिन क्षमताको एच फाइभको सम्पूर्ण बनावट पनि वास्तुकलामै आधारित रहेको कम्पनीले जनाएको छ । यो गाडी विभिन्न रङमा उपलब्ध हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया