काठमाडौं - ज्योति लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) ले रेकर्ड तोडेको छ । कम्पनीको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको हो ।
अन्तिम दिन बुधबार साँझ ५ बजे सम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासनमा गरिएको ५९ लाख ४० हजार कित्ताको ६.४ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता छुट्ट्याएकोमा न्यूनतम १० कित्ताका दरले वितरण गर्दा ५ लाख ९४ हजार आवेदकले मात्र सेयर पाउने छन् ।
यसरी हेर्दा कम्पनीको आइपिओमा आवेदन दिनेमध्य ३२.९१ प्रतिशत आवेदकले मात्र सेयर प्राप्त गर्नेछन् ।
कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि आज (फागुन २६ गते, बुधबार) सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
प्रतिक्रिया