काठमाडौं- इन्स्टाग्रामको मुख्य कम्पनी फेसबुकले १७० देशमा इन्स्टाग्राम लाइट एप सार्वजनिक गरेको छ । यसअघि इन्स्टाग्राम ३५ एमबीको रहेको छ ।
यस एपमा फोटो भिडियो हेर्न सकिने, स्टोरी राख्न सकिने, स्टिकर जोड्न सकिने लगायतका सबैजसो फिचरहरू उपलब्ध छन् ।
यद्यपि डार्क मोड र अन्य केही ग्राफिक्स अप्सनहरूमा भने यो एपमा छैनन् । अहिले सम्म यो एप १० लाखभन्दा बढी डाउनलोड भइसकेको छ ।
प्रतिक्रिया