ज्योति लाइफको आईपीओमा हालसम्मकै धेरै आवेदन

५ बर्ष अगाडि

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) खरिदका लागि १८ लाख २ हजार जनाले आवेदन दिएका छन् ।

आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म नयाँ रेकर्ड कायम गर्दै १८ लाख २ हजार जनाले आवेदन दिएको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ । 

आईपीओ खरिदका लागि आवेदन दिने यो संख्या हालसम्मकै धेरै हो । यस अघि महिला लाइफको आइपीओमा  सर्वाधिक बढि आवेदन परेको थियो । तर यसको रेकर्ड तोड्दै ज्योति लाइफको आइपीओमा तोडिएको छ । 

कम्पनीले फागुन २१ गतेदेखि १ सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोष, ३ लाख ३३ हजार कित्ता कर्मचारी र बाँकी रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणका लागि छुट्याएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन पाउने ब्यवस्था गरिएको छ ।

अझैपनि नेप्सेको सिस्टममा समस्या आएकाले यो तथ्याङ्क अझै बढ्ने अनुमान गरिएको छ । साथै अन्य तथ्याङ्क आउन बाँकी रहेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया