पछिल्लो २४ घण्टामा थप १०४ जनामा संक्रमण पुष्टि, ६३ जना संक्रमण मुक्त

५ बर्ष अगाडि

काठमाडौं-  पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगैं कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३  पुगेको छ।  

यस्तै सोही अवधीसम्म थप ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।

देशभर हाल ९११ सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु एको छ।

पछिल्लो  २४ घण्टामा ३ हजार ४८८ स्वाब नमूना परीक्षण गराउँदा १०४ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४६ महिला ५८ पुरुष छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया