नेपालमा १३ कम्पनीले धितोपत्रको प्राथमिक सेयर (आइपीओ) निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छन् ।
फागुन २५ गतेसम्म धितोपत्रमा बोर्डमा दिएको निवेदन अनुसार ति कम्पनीले चार करोड ५६ लाख ३६ हजार ७४५ कित्ता बराबरको आईपीओ निष्काशनका लागि पाइपलाइनमा बसेका हुन् ।
बोर्डका अनुसार आईपीओ निष्काशन गर्न फागुनमा मात्रै मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावर गरी तीन कम्पनीले निवेदन दिएका छन्।
मनकामनाले तीन लाख ८९ हजार कित्ता, जीवन विकासले १९ लाख ७७ हजार ३०० कित्ता र सयपत्री हाइड्रोपावरले नौ लाख कित्ता आइपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएका हुन्।
यो सँगै धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि १३ कम्पनीको संख्या १३ छ । यी मध्ये मैलुङ खोला जलविद्युत कम्पनीको सात लाख ३६ हजार कित्ता, मध्य(भोटेकोशीको एक करोड ५० लाख कित्ता, न्यादी हाइड्रोपावरको ४० लाख ५० हजार कित्ता, सिइडीबी हाइड्रोपावरको २५ लाख १८ हजार कित्ता र बिन्ध्यावासिनी हाइड्रोपावरको २५ लाख कित्ता आइपीओ निष्कासनको अन्तिम चरणमा छ।
यी मध्ये अधिकांश कम्पनीको आइपीओ यहि आर्थिक वर्षभित्र आउने सम्भावना छ।
हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता र डिश मिडियाको २३ लाख ८५ हजार कित्ता आइपीओ निष्कासनका लागि बोर्डले एक चरण अध्ययन गरेर थप कागजात माग गरेको छ।
साहस ऊर्जाको एक करोड पाँच लाख कित्ता, सामिङ पावरको १२ लाख ३० हजार कित्ता र बुद्धभूमि हाइड्रोको १२ लाख कित्ता सेयर पनि पाइपलाइनमा छ।
प्रतिक्रिया