विश्वमा सबैभन्दा बढी डाउनलोड र आम्दानी गर्ने एपमा टिकटक पहिलो नम्बरमा

४ बर्ष अगाडि

काठमाडौं-  विश्वमा सबैभन्दा बढी डाउनलोड गर्न एपमध्ये टिकटक पहिलो नम्बरमा परेको छ । 

संस्था सेन्सर टावरका अनुसार गएको फ्रेबुअरीमा मात्रै टिकटक ५ करोड ६० भन्दा बढी डाउनलोड भएको छ । यस्तै डाउनलोड मात्र नभएर टिकटक हाल विश्वकै सबैभन्दा बढी आम्दानी गर्न एप पनि बनेको छ । टिकटक पछिल्लो ११ महिनादेखि सबैभन्दा बढी आम्दानी गर्न एप बनेको छ । 

यसैगरी,  फेसबुक फेब्रुअरीमा दोस्रो धेरै डाउनलोड हुने एप भएको छ । सेन्सर टावरका अनुसार उक्त अवधिका फेसबुक ४ करोड ५० लाखभन्दा बढी डाउनलोड भएको छ । भने, इन्स्टाग्राम र ह्वाट्एप क्रमशः तेस्रो र चौंथो नम्बरमा रहेका छन् ।

यसअघि जनवरी महिनामा यो सूचीको पहिलो नम्बरमा म्यासेजिङ एप टेलिग्राम रहेको थियो । 

फेब्रुअरीमा महिनामा टिकटक प्रति प्रयोगकर्ता १ सय १० अमेरिकी डलर आम्दानी गरेको छ ।

जुन अघिल्लो महिनाको तुलनामा १।९ गुणा बढी हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया