काठमाडौं-बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ सामान्य अंकले ओरालो लागेको छ ।
आज नेप्से परिसुचक ३ बजेसम्म आउँदा ३.४० अंकले ओरालो लागेको हो । परिसुचक ०.१४ प्रतिशतले ओरालो लागेसंगै २४५८.४८ को बिन्दुमा पुगि आजलाई कारोबार बन्द भएको हो ।
बुधबार सेन्सेटिभ परिसुचक पनि अन्तिम समयसम्म आइपुग्दाँ सामान्य अंकले बढेको छ । सेन्सेटिभ ३ बजेसम्म आउँदा ०.०२ अंकले बढेर ४४५.२३ को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुहमध्ये ७ उपसमुह बढेको छ भने बाँकी ६ उपसमुह ओरालो लागेका छन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४६ हजार ९४८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब १० करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया