काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
बुधवार नबिल बैंकको ३३.५० प्रतिशत बोनस शेयर वापतको ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आइतवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।
प्रतिक्रिया