तेस्रो घण्टा : करिब ५ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे २ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार सुरु भएको तेस्रो घण्टासम्म आइपुग्दाँ पुन ओरालो लागेको छ । 

दुई बजेसम्म आउँदा परिसुचक ४.७९ अंकले ओरालो लागेर २४५७.०९ को बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसुचक भने सोही अवधीसम्म आउँदा ०.४३ अंकले बढेको छ । 

कारोबारमा आएका १३ उपसमुहमध्ये ६ उपसमुह उकालो लागेका छन् भने बाँकी ७ उपसमुह ओरालो लागेका छन् । 

तेस्रो घण्टासम्म कारोबारमा आएका २०१ कम्पनीको ४४ लाख २६ हजार ५५० कित्ता शेयर ३० हजार १२ पटक खरिद बिक्री हुँदा २ अर्ब ३० करोड ३७ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया