काठमाडौं – बुक बिल्डिङ मार्फत आउने शेयरमा आवेदन दिन थप १० कम्पनी योग्य देखिएका छन् । धितोपत्र बोर्डले मंगलबार मात्र थप १० कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो ।
योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको छ । यसअघि पनि बिभिन्न ६४ कम्पनीले यस्तो स्वीकृति पाएका थिए । अब उक्त कम्पनीहरु बुक बिल्डीङमा सहभागी हुन पाउने छ ।
पछिल्लो पटक स्वीकृति पाउनेमा उषा इन्भेष्टमेन्ट प्रालि, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र गुडविल फाइनान्स रहेका छन् । यस्तै, युनाइटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावर, बिशाल ग्रुप प्रालि, श्री गणेश प्रोपर्टिज एन्ड इन्भेष्टमेन्ट प्रालि, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट र सिड इन्फ्रा प्रालि रहेका छ ।
प्रतिक्रिया