काठमाडौं- सिर्जना फाइनान्स लिमिटेडको फागुन २६ गते आज (बुधवार) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
फाइनान्सले यस वर्ष १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यो लाभांश पारितका लागि सिर्जना फाइनान्सले पनि चैत १४ गते साधारण सभा बोलाएको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र यी कम्पनीहरुका वार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।
प्रतिक्रिया