रेशम चौधरीको रिहाई गर्न जुट्यो राजपा, गृहमन्त्रीसँग भेट

७ बर्ष अगाडि

राजपा अध्यक्ष मण्डलका  सदस्यहरुले हाल कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीको रिहाईको माग  गरेका छन् । 
नेताहरुले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर रिहाईको माग गरेका हुन् । 
भेटका क्रममा आफूहरुले अनसन बसिरहेका कारण चौधरीको स्वास्थ्यमा खराबी आएकाले गम्भीर बन्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । 
जवाफमा चौधरीका बारेमा  के  गर्दा राम्रो हुन्छ भन्दै बादलले राजपाको राय माग गरेका थिए ।  त्यसपछि राजपाका नेताहरुले रिहाई गरेर चौधरीलाई सांसदको सपथ ढिलाइनुपर्ने बताएका थिए ।  अत्याधिक बहुमतका साथ  चौधरी बिजयी भएकाले जनमतको सम्मान गर्दै  सपथको बातावरण मिलाइनुपर्नेमा आफूहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराइएको यादवले बताए । 

राजपाका नेताहरुको कुरा सुनेपछि गृहमन्त्रीले यसबारे आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीसँग सल्लाह गरेर उचित निर्णय लिइने जवाफ दिएको यादवले बताए । गृहमन्त्रीले आफूपनि आन्दोलनबाट आएको पात्र भएकाले चौधरी प्रकरणलाई नजिकबाट बुझिरहेको समेत बताएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया