काठमाडौं- नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।
कम्पनीले कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य रू। १ हजार ५०२ दशमलव ५० तोकिएको छ ।
उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिन्छ भने अधिकतममा कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया