काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक मंगलबार बसेको थियो
।
आजको बैठकमा पनि आगामी राजनीतिक परिस्थिति र सत्ता समीकरणबारे छलफल हुने स्रोतले जनाएको छ ।
मंगलबारको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नयाँ राजनीतिक घटनाक्रम, संसद सञ्चालन, सरकार निर्माणको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०सँग वार्ता गर्ने निर्णय भएको थियो ।
सत्ता समीकरणको विषयमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग मंगलबार नै भेटवार्ता गरेका थिए।
सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो ।
यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा फर्काएको हो ।
प्रतिक्रिया