काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर मूल्य नेप्सेमा प्रतिकित्ता २ हजार ५२ रूपैयाँ कायम हुने गरी समायोजन भएको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय २२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
फागुन १४ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ तथा सोर्हौँ वार्षिक साधारण सभा चैत्र ९ गते हुँदै छ ।
प्रतिक्रिया