टेलिकमको लाभांश पाुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल दुर सञ्चार टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीले शुक्रबारदेखि आइतबारसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने मिति ९बुकक्लोज० तोकेका छन् । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र सम्बन्धीत कम्पनीको लाभांश पाउनेछन् ।

यस साताको अन्तिम कारोबार दिन बिहीबार महाशिवरात्रिको सार्वजनिक विदा परेका कारण बुधबारसम्म कायम शेयरधनीहरुले मात्र सम्बन्धीत कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । 

यसअनुसार कम्पनीको लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व जनाउनका लागि आज भित्र शेयरधनी कायम भैसकेको हुनुपर्छ ।

कम्पनीको १३औं वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार हुने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया