काठमाडौं - सर्वसाधारणको लागि प्राथमिक शेयर आइपीओ निष्कासनका दुई लघुवित्तले अनुमति माग गरेका छन् ।
मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तले आइपीओ निष्कासनको लागि धितोपत्र बोर्ड सँग अनुमति माग गरेको हो । बोर्डको अनुमतिपछि दुई लघुवित्तले साढे २३ करोड बढीको आइपीओ जारी गर्नेछन् ।
मनकामना लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्कासन गर्न माग गर्दै आवेदन गरेको छ । उक्त लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।
यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्कासन गर्न माग गरेको छ । जीवन विकासको शेयर निष्कासन तथा बिक्री प्रबन्धक पनि एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया