मन्त्रालयको अंकुशप्रति शिक्षक असन्तुष्ट

७ बर्ष अगाडि

काठमाडौं - सामाजिक सञ्जाल प्रयोगमा शिक्षा मन्त्रालयले जारी गरेको मार्ग निर्देशनको शिक्षक, प्राध्यापक, कर्मचारी र सरोकारवालाहरूले नै विरोध गरेका छन् ।
 व्यक्तिगत स्वतन्त्रतासमेत हनन हुने गरी जारी गरिएको निर्देशन मान्य नहुनेसमेत उनीहरूले बताएका छन् ।
 शिक्षा मन्त्रालयले शिक्षा सेवाका कर्मचारी, शिक्षक र प्राध्यापकलाई अंकुश लगाउने गरी ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन २०७५’ जारी गरेको छ ।
 शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले महासंघ मार्गनिर्देशनको विपक्षमा रहेको बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया