पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक मनोज कुमार भेटवाल सहित ११ जना बैंक घोटाला प्रकरणमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. र सो फाइनान्ससमेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक घोटाला प्रकरणमा ६ जनालाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरेको हो ।
पक्राउ पर्नेहरुमा इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि. का संचालक भेटवाल सहित साविक रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामा लगायत छन् ।
आयोगले आजै साविकको रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १७ जना बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले अधिकारीसहित बिभिन्न व्यक्तिहरु उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको विषयमा ११ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. र सो फाइनान्ससमेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक लि. (हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा मर्ज भएको) मा नागरिक लगानी कोषको तर्फबाट संचालकमा नियुक्त भै गएका नागरिक लगानी कोषका नवौं तहका कर्मचारी छविरमण अधिकारी संचालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रकृयाविपरीत कर्जा प्रवाहमा संलग्न भएको आरोप लागेको छ ।
साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालकहरु छविरमण अधिकारी, रिता वादे श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सुबर्ण राजभण्डारी, बिष्णुप्रसाद धिताल र इच्छा बहादुर गुरुङले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरेको अख्तियारले उल्लेख गरेको छ ।
यस्ता छन् अख्तियारले दायर गरेका मुद्दा :
१. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,०१,९४,५५६।३९ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
२. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो रु. ३,८७,९४,७२४।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
३. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १३ जना उपर बिगो रु. २,१५,२५,५६४।३४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
४. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो रु. ४,६३,६८,२५४।७४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
५. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो रु. ४,३५,९८,५६६।५८ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
६. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,९७,९१,८९७।४७ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
७. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १७ जना उपर बिगो रु. १,७५,६७,८९४।४२ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
८. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १५ जना उपर बिगो रु. ११,११,५८,७७१।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
९. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १४ जना उपर बिगो रु. १,४५,०१,०८३।०६ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
१०. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो रु. ५,८७,३२,९१२।२६ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
११. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. ११,५४,७०८।५९ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रतिक्रिया