पार्टी फुटाएर सत्तामा जाने तयारीमा जसपाका नेता, ठाकुरले गोप्य रुपमा गठन गरे कार्यदल

४ बर्ष अगाडि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी फुटालेर सरकारमा जाने तयारी गरेको खुलासा भएको छ । 

पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल गठन गरेपछि उनी पार्टी फुटाएर सत्तामा जान तयारी गरेको खुलेको हो । 

सर्वोच्च अदालतको आदेशले एमाले माओवादीको पार्टी एकता भंग भएपछि प्रधानमन्त्री केपी ओली अल्पमतमा परेका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएपछि उनको सरकार ढल्ने निश्चित छ । यही मौकामा ठाकुरले पार्टी फुटाएर सत्तामा जाने तयारी गरेको राजनीतिक बृत्तमा चर्चा हुन थालेकाे छ । 

ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटप्रति जसपाका नेताहरुले आशंका गरेका थिए । एक नेताका अनुसार ओली र ठाकुरबीच सत्ता साझेदारीबारे सहमति भएको चर्चा समेत चलेको थियो । तर ठाकुरले केही भनेका थिएनन् ।

तर मंगलबार जसपा संसदीय दलको बैठकमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य दल कार्यदल गठन गर्ने सहमति भएको र आफूले लाई तोकेको जानकारी दिएका छन् ।

ठाकुरको यो कदमबारे पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग सल्लाह समेत गरेका छैनन् । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा नरहेकोले ठाकुर सके सहमतिमा नभए पार्टीबाट चोइटिएर भएपनि सत्तामा जाने तयारीमा रहेको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया