ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ किन्न १५ लाख ७० हजार ४१४ जनाले आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणको लागि ५९ लाख ४० हजार कित्ता शेयरमा निष्काशन गरेकोमा ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन परेको कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
यो मागभन्दा ५.६३ गुणा बढी आवेदन हो । कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने म्याद तोकेको आईपीओको लागि प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पु¥याउने छ ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी९आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउँछ।
प्रतिक्रिया