सामसङको ग्यालेक्सी ए १२ स्मार्टफोन नेपाली बजारमा, कति छ बजार मुल्य ?

४ बर्ष अगाडि

काठमाडौं-  सामसङले आफ्नो ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । 

यो स्मार्टफोनमा ६.५ इञ्चको एचडी इन्फिनिटी भी डिस्प्ले, ५,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री लगायतका विशेषता रहेका छन् । 

 ग्यालेक्सी ए ट्वेल्भमा ट्रु ४८ मेगापिक्सेलको मेन क्यामेरा सहित पछाडि भागमा ४ वटा क्यामेरा दिइएका छन् । जसमा ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ भने बाँकी दुई वटा क्यामेरा समान २ मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेका छन् ।

यसमा सेल्फीका लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामराले रहेको छ । नयाँ ग्यालेक्सी ए ट्वेल्भमा २०ः९ को एस्पेक्ट रेसियोे रहेको छ ।

यसमा १५ वाटको फास्ट चार्जिङ्गको साथ ५००० एमएएच ब्याट्री दिइएको छ । 

यसका साथै ग्यालेक्सी ए ट्वेल्भमासाइड फिङ्गर प्रिन्ट सेन्सर, एन्ड्रोइड १० अपरेटिङ सिस्टम, वान यूआई कोर २.५ तथा मिडियाटेक हेलियो पी ३५ प्रोसेसर लगायतका विभिन्न विशेषताहरु रहेका छन् ।

कालो, नीलो तथा रातो गरी तीन कलर अप्सनमा बजारमा आएको यो फोनको ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य १८,९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १९,९९९ तोकिएको छ । यो फोन नेपालभर रहेका सामसङका आधिकारिक ब्राण्ड शप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया