थप ५९ जनामा संक्रमण पुष्टि, ६० जना संक्रमण मुक्त

५ बर्ष अगाडि

काठमाडौं-  पछिल्लो २४ घण्टामा मुलुकभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपाल कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार आठ सय ६९ जना पुगेको छ । 

सोही अवधीभर देशभर दुई हजार सात सय १५ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

पछिल्लो २४ घण्टाको कोरोना भाइरसका कारण एक जनाले ज्यान गुमाएका छन् । हालसम्म तीन हजार १२ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस जितेका छन् । हालसम्म कोरोना भाइरस जित्नेको संख्या दुई लाख ७० हजार नौ सय ८७ जना पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया