मंगलबार नेप्सेमा २३.२२ अंकको गिरावट, शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाल स्टक  एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा २३.२२ अंकले ओरालो लागेको छ । 

आज कारोबारको सुरुवातबाटै ओरालो लागेको नेप्से परिसुचक २४८५.१ को बिन्दखुबाट सुरु भएको थियो । अन्तिम समयसम्म आउँदा परिसुचक ०.९३ प्रतिशतले घटेर २४६१.८८ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ ।

यस्तै सेन्सेटिभ पनि आज कारोबारको अन्तिम समयसम्म नै ओरालो यात्रामै कायम रह्यो । सेन्सेटिभ परिसुचक ४.४७ अंकले घटेर ४४५.२१ को बिन्दुमा पुगेको छ ।

नेप्से परिसुचक दोहोरो अंकले ओरालो लाग्दा पनि कारोबारका १३ उपसमुहमध्ये होटल समुह र हाइड्रोपावर समुहमा भने लगानीकर्ता आकर्षण देखिएको छ । अन्तिम समयसम्म होटल समुह २.९८ प्रतिशत र हाइड्रोपावर समुह १.८ प्रतिशतले बढेका छन् । यस्तै म्युच्अल फण्ड पनि अन्तिम समयसम्म आउँदा ०.०१ प्रतिशतले बढेको हो ।

तीन बजेसम्म कारोबारमा आएका २१० कम्पनीमध्ये १२४ कम्पनीको शेयर मुल्य घटेको भने ४० कम्पनीको शेयरमुल्य बढेको हो ।

कारोबारमा आएका उक्त कम्पनीहरुले १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ७५ करोड २७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

अन्तिमा समयसम्म शिखर इन्स्योरेन्सले ६५ करोड ३५ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको भने अप्पर तामाकोशी हाइड्रोपावरले २९ करोड ६७ लाख रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया