काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
बैंकको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
ज्योति विकास बैंकले माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया