वानप्लस नाइन सिरिजका स्मार्टाफोन मार्च २३ बाट सार्वजनिक हुदैँ

४ बर्ष अगाडि

काठमाडौं- बहुप्रतिक्षित वानप्लस नाइन सिरिजका स्मार्टाफोन यही मार्च २३ तारिख देखि सार्वजनिक हुने भएका छन् । 

यसअघि बाहिरिएका जानकारी अनुसार यो सिरिजमा कम्पनीले वानप्लस नाइन र वानप्लस नाइन प्रो गरी दुई वटा फोन सार्वजनिक गर्नेछ ।

जसमा क्वालकमको पछिल्लो प्रोसेसर क्वालकम स्नापड्रयागन ८८८ चिपसेट प्रयोग हुनेछ । फोनमा १४४ रिफ्रेश रेटसहित ६.७ इन्चको डिस्प्ले रहेको छ ।

त्यस्तै फोनमा ह्यासलब्लाडको क्यामेरा रहने बताइएको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहने अनुमान गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया