काठमाडौं- आज मंगलबार कारोबार सुरु भएको एक घण्टामा नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टाको अवधीमा १७.१० अंकले ओरालो लागेर २४६८ को बिन्दुमा पुगेको छ । १२ बजेसम्म आउँदा परिसुचक ०.६९ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये होटेल समुह ७८.१५ अंकले र हाइड्रोपावर २२.०९ अंकले बढेका छन् भने बाँकी ११ उपसमुह ओरालो लागेको छ ।
कारोबारमा आएका १९५ कम्पनीको ५० लाख १४ हजार ४२१ कित्ता शेयर १२ हजार ४७३ पटक खरिद बिक्री हुदाँ १ अर्ब २२ करोड ५१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया