काठमाडौं- मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झन्डै ९ अंक बढेको छ।
आइतबार २१.५८ अंक घटेर २४८५.०९ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमा ८.९५ अंक बढेर २४९४.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२० अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ३१ लाख २९ हजार ८२० रुपैयाँ बराबरको ४ हजार ३३४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया