मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयर प्रस्ताव

५ बर्ष अगाडि

काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुँक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया