नेपाली बजारमा हुन्डाईका दुई उत्पादन सार्वजनिक, बजार मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं-नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यू आईएमटी र  हुन्डाई भेन्यू वानटुएस प्लस सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार १.२ लिटर पेट्रोल इन्जिनका यी गाडीमा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी प्रविधि जडान गरिएको बताएको छ ।

हुन्डाई भेन्यु स्मार्टमा सार्क फिन एन्टिना, टर्न सिग्नलको विद्युत्ले मिलाउन सकिने रिअर मिरर,  इलेक्ट्रिक सन रुफ,  डायमण्ड कट एलोई पांग्रा तथा रिअर क्यामेराका साथ हिल एसिस्ट कन्ट्रोल, कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइटलगायतका विशेषता छन् ।

भेन्यू आईएमटी र  हुन्डाई भेन्यू वानटुएस प्लसमा रियोस्टयाटसहितको एड्भान्स सुपरभिजन क्लस्टर, वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायरलगायत सुविधा छन् ।

कम्पनीले नेपाली बजारमा सुरुआती मूल्य  हुन्डाई भेन्यु वानटुएस प्लसको ४४,५६,००० र हुन्डाई भेन्युू आईएमटीको ४४,९६,००० रुपैयाँ तोकेको छ । हाल लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ सोेरुम  तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया