काठमाडौं- निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने तयारी गरेको छ ।
आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आआफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको हो।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरि दिएको छ । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।
आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए ।
प्रतिक्रिया