धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भयो ओप्पो

४ बर्ष अगाडि

काठमाडौं - पहिलो पटक चिनियाँ  बजारमा स्मार्टफोन ओप्पो धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । अनुसन्धानकर्ता काउन्टरप्वाइन्टको प्रतिवेदनले यस्तो देखाएको हो । 

प्रतिवेदन अनुसार विश्वकै सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा ओप्पो २१ प्रतिशत बजार ओगट्न सफल भएको छ । यो सँगै ओप्पो स्मार्टफोनको बिक्री अघिल्लो बर्षको तुलनामा २६ प्रतिशतले बढेको छ ।

साथै अघिल्लो महिनाको तुलनामा ३३ प्रशितले बढेको छ । ओप्पोको केही समय अघिमात्रै सार्वजनिक रेनो ५ सिरिजका स्मार्टफोन चिनियाँ बजारमा सफल देखिएको छ ।

ओप्पोले पहिलो पटक ह्वावेलाई पछि पारेको हो । चिनियाँ बजारमा ह्वावे र भिभो दुवैको बजार हिस्सा समान २० प्रतिशत रहेको छ । त्यस्तै एप्पल र साओमी पनि उक्त सूचीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया