काठमाडौं- चीनको प्रमुख प्रविधि कम्पनी ह्वावेले चाँडै नै डुअल स्क्रिन भएको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । जसको अगाडिसँगै पछाडि भागमा समेत क्यामेरा सेटअपका साथ अर्को डिस्प्ले देख्न सकिनेछ ।
ह्वावेले हालै मात्र यस्तो डुअल स्क्रिन मोबाइलका लागि पेटेन्ड दर्ता गराएको छ । यसका साथै ह्वावेको आकर्षक स्मार्टफोनको तस्वीर समेत देखा परेको छ ।
पेटेन्ट तस्वीरका अनुसार ह्वावेको डुअल स्क्रिन फोनमा क्वावड रियर क्यामेराका साथै डुअल सेल्फी क्यामेरा समेत हुनेछ ।
यसको माथि सिरानी तथा तल पुछारमा साना बेजल्सका साथै साइडमा कर्भ्ड स्क्रिन देख्न सकिन्छ । यसका साथै यसको सेकेन्डरी स्क्रिन अझ विशेष छ ।
ह्वावेको डुअल स्क्रिन फोनको पछाडि भागमा रहने डिस्प्ले प्यानलमा मिति, समय, मौसम पूर्वानुमान, नोटिफिकेसन, ब्याट्री, पावर र भ्यू फाइन्डर जस्ता जानकारी देख्न सकिनेछ ।
आगामी दिनमा ह्वावेले यो डुअल स्क्रिन स्मार्टफोनको बारेमा औपचारिक घोषणा गर्ने जानकारी समेत छ । यसका साथै ह्वावेले आउँदो महिना ह्वावे पी फिफ्टी सिरिजका फ्ल्यागशिप स्मार्टफोन समेत सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया