काठमाडौं - नेपाली बजारमा आकर्षक नयाँ डिजाइनमा अप्रिलियाको स्कूटर सार्वजनिक भएको छ । पियाजियो र एम.भी.दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर सार्वजनिक हो ।
नेपालका सबै डिलरमा ४ लाख ९ हजार ९ सय रुपैयाँमा यो स्कूटर उपलब्ध हुने कम्पनीले जनाएको छ । यो स्कूटर भारतीय बजारमा केही महिना पहिले लन्च भएको थियो ।
सोमबार राजधानीको म्यारियट होटलमा आयोजित एक विशेष कार्यक्रममा अप्रिलियाको एसएक्सआर १६० मोडलको स्कूटर लन्च गरिएको छ ।
एम.भी. दुगड ग्रुपका चेयरम्यान मोतिलाल दुगड, उपाध्यक्ष, विवेक दुगड, उपाध्यक्ष विजय महतो, पियाजियो इन्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफ्फी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नेपालमा डेढ महिना अगाडी नै यसको बुकिङ खुलिसकेको थियो ।
प्रतिक्रिया