काठमाडौं - प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले सर्वोच्चको फैसलाबाट ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको चाहना पूरा भएको बताएकी छिन् ।
यसबाट केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि पार्टी एकताको नाटक रचेको पुष्टि भएको पनि दाबी गरेकी छिन् ।
दाहालले फेसबुकमा लेखेकी छिन्, 'अन्ततस् केपी ओली को चाहना पूरा भएको छ, आज पार्टी विभाजन भएको खुसीयालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्, आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि मात्र पार्टी एकताको नाटक रचिएको रहेछ, नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ ।'
प्रचण्डकी कान्छी छोरी गंगा निजी सचिवालयमा कार्यरत छिन् ।
प्रतिक्रिया