सर्वोच्च अदालतको फैसलापछि पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै नाराबाजी र बहिस्कार भएको छ ।
आइतबार संसद बैठकमा सभामुख अग्नि सापकोटाले अध्यादेश पेश गर्ने कार्यसूच रहेको बताएपछि प्रचण्ड–नेपाल समूहका साँसदहरु उठेर हिँडेका थिए भने सरकारका तर्फबाट अध्यादेश पेश भएपछि काँग्रेस र समाजवादी पार्टीका साँसदहरुले नाराबाजी गरेका थिए ।
बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।
तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो ।
सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।
सांसदहरूले असंवैधानिक संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन्।
कांग्रेस सचेतक बालकृष्ण खाँणले असंवैधानिक अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन्। उक्त मागमा जसपाले पनि समर्थन गर्दै नाराबाजी गरेको छ।
सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।
प्रतिक्रिया