सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अस्तित्व रहन नसक्ने भन्दै पूर्व एमाले र पूर्व माओवादीलाई ब्युताँइदिएपछि राजनीतिक जटिलता शुरु भएको छ ।
एकीकरणपछि बनेको पार्टी खारेज भएपछि उक्त पार्टीको नामबाट निर्वाचन लडेकाहरुको पदको अस्तित्व संकटमा परेको हो ।
२०७६ साल मंसिर १४ गते भएको उपनिर्वाचनमा एकीकरणपछि बनेको पार्टी नेकपाको तर्फबाट प्रतिनिधिसभामा १ जना, राष्ट्रिय सभामा १६ जना समेत गरी १७ साँसद निर्वाचित भएका थिए । त्यस्तै प्रदेश र स्थानीय तहमा समेत जनप्रतिनिधिहरू निर्वाचित भएका थिए ।
तर पार्टी नै खारेज भएपछि उक्त पार्टीको नामबाट निर्वाचन लडेकाहरुको पदको अस्तित्व संकटमा परेको हो ।
दुई पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा कास्की २ बाट विद्या भट्टराई, प्रदेश सदस्यको रुपमा दाङ क्षेत्र नं ३ को (ख) मा नेकपाकी विमलाकुमारी खत्री विजयी भएकी थिइन् ।
त्यस्तै नेकपाको तर्फबाट पाँचथरको फाल्गुनन्द गाउँपालिकामा वीरबहादुर कुरुम्बाङ, संखुवासभाको मकालु गाउँपालिकामा तेजबहादुर पोखरेल र महोत्तरको पिपरा गाउँपालिकामा विक्रम चौधरी नेकपाका तर्फबाट विजयी भएका थिए।
त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा शाही , देशभरका विभिन्न वडामा २४ वडामा वडा अध्यक्षहरु समेत गरी ४६ जना निर्वाचित भएका थिए।
प्रतिक्रिया