'अदालतको फैसला मान्छौँ' : प्रधानमन्त्री ओली

४ बर्ष अगाडि


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सर्वोच्च अदालतले आजै नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरिसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया