१८ जीबी र्‍यामसहितको नयाँ स्मार्टफोन मार्च ११ देखि सार्वजनिक हुदैँ, कति छ मुल्य ?

४ बर्ष अगाडि

काठमाडौं-  विश्वमा पहिलो पटक १८ जीबी र्‍याम भएको रेडम्योजिक सिक्स प्रो स्मार्टफोन सार्वजनिक भएको छ । 

रेडम्याजिक सिक्स प्रोलाई टेन्सेन्ट गेमसँगको साझेदारीमा यक्त स्मार्टफोन तयार पारिएको छ ।

रेडम्याजिक सिक्स सिरिजको रुपमा कम्पनीले  रेड म्याजिक सिक्स र रेडम्याजिक सिक्स प्रो नामक दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ । यी दुवै गेमिङ स्मार्टफोनमा एमोलेड डिस्प्ले दिइएको छ । दुवैमा १६५ हर्जको रिफ्रेश रेट रहेको छ ।

रेडम्याजिक सिक्स सिरिजका यी दुवै फोनमा नयाँ आईसीई ६.० मल्टी डाइमेन्सनल कुलिङ सिस्टम छ ।

जसमा इनब्युल्ट टर्बो फ्यान समेत छ । फ्यान २०,००० आरपीएमको राखिएको कम्पनीको दाबी छ । यी दुवै स्मार्टफोनको बिक्री चीनमा यही मार्च ११ देखि सुरु हुनेछ ।

तर यी फोन विश्वव्यापीरुपमा सार्वजनिक हुने विषयमा भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । दुवै स्मार्टफोनमा ६.८ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ ।

जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ । यस्तै दुवै स्मार्टफोनमा स्नापड्रागन ८८८ प्रोसेसर दिइएको छ ।

फोन ८ जीबीर१२जीबीर१६जीबीर१८ जीबी र्‍याम भेरियन्टका साथ बजारमा आएको छ । त्यस्तै यसको स्टोरेजको कुरा गर्ने हो भने १२८ जीबीर२५६ जीबीर ५१२ जीबी भेरियन्टमा रहेको छ ।

फोनमा एन्ड्रोइडमा आधारित रेडम्याजिक ओएस ४.० रहेको छ ।

 दुवै फोनको क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ ।

साथै दोस्रो ८ मेगापिक्सेलको अल्ट्रा वाइड र तेस्रो २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । सेल्फीका लागि फोनमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

रेडम्याजिक सिक्सप्रोमा ४,५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जुन १२० वाट फास्ट चार्जिङ सपोर्टको साथमा आउँदछ ।

त्यस्तै रेडम्याजिक सिक्समा ५,०५० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसमा भने ६६ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ ।

रेडम्याजिक सिक्सको मूल्य ४,३९९ युआान अर्थात करिब ६८ हजार २६८ रुपैयाँबाट सुरु हुन्छ ।

साथै रेडम्याजिक सिक्स प्रोको मूल्य ४,३९९ युआन अर्थात ७९ हजार ५० माथि रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया