काठमाडौं- नेपाली बजारमा फरक लुक्सका साथ अप्रिलिया एसएक्स आर १६० भित्रिएको छ ।
नेपालका लागि अधिकारीक वितरक एम भी दुगड ग्रुपले आज अप्रिलिया एसएक्सआर १६० सार्वजनिक गरेको हो।
सिग्ल सिलिन्डर,४ स्ट्रक, एयर कूल्ड, ३ भल्भ फिउनल इन्जेक्शन एफ (आई),कार्वन इमिसन ईन्जिन टेक्नोलाजी एसएक्सआर १६०ले ७१०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्छ ।
स्कुटर १२ भोल्ट, ५.० एएच.एमएफ व्याट्रीको साथ ७ लिटर इन्धन क्षमता रहेको छ ।
कम्पनीले नेपाली बजारमा रातो, कालो, सेतो र निलो रङ्मा यो स्कुटरालाई नेपाली बजारमा उतारेको छ । नेपालमा कम्पनीले अप्रिलिया एसएक्स आर १६० को मुल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया