काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा २१.५८ अंकले ओरालो लागेको छ ।
आज २५०६.६७ को बिन्दुबाट सुरु भएको नेप्से परिसुचक ०.८६ प्रतिशतले घटेर २४८५.०९ को बिन्दुमा पुगि कारोबार बन्द भएको छ ।
सेन्सेटिभ पनि आइतबार १.७८ अंकले ओरालो लागेर ४४९.६८ को बिन्दुुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये २ उपसमुह बढेका छन् । होटल समुह ५०.१५ अंकले बढेको भने १८.३४ अंकले बढेको छ । बाँकी रहेका ११ उपसमुह ओरालो लागेका हुन् ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २११ कम्पनीमध्ये १३० कम्पनीको शेयर मुल्य घटेको छ भने ३६ कम्पनीको शेयरमुल्य बढेको हो ।
अन्तिमसमय सम्म कारोबारमा आएका उक्त कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटक खरिद बिक्री हुदाँ ५ अर्ब ५४ लाख रुपैंया बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया