डर्सीको ५ शब्दको पहिलो ट्वीट, मूल्य ३० करोड

४ बर्ष अगाडि

काठमाडौँ - ट्वीटरका सह-संस्थापक ज्याक डर्सीले १५ वर्ष अघि गरिएको एउटा ट्वीटको मूल्य २.५ मिलियन डलर पुगेको छ । यो उनको पहिलो ट्वीट हो 
 । 
अहिले यो ट्वीटलाई बिक्रिमा राखिएको छ । सन् २००६ मार्चमा गरेका पोस्टमा,  'मेरो ट्वीटर तयार गर्दै' (जस्ट सेटिंग अप माइ ट्वीटर) लेखिएको छ ।

डोर्सीले केही दिनअघि आफ्नो यो पहिलो ट्वीटलाई बिक्रीमा राखेका थिए जसको मूल्य लिलाम बढाबढका काराण अहिलेसम्म २.५ मिलियन डलर (३० करोड रुपैयाँ) पुगेको छ र यो अझै बढ्ने अपेक्षा गरिएको छ ।

बीबीसीको रिपोर्टअनुसार यो ट्वीटलाई नन फन्जिबल टोकनको रुपमा बिक्री गरिनेछ । बिक्री भइसकेपछि पनि यो पोस्ट सार्वजनिक रुपमा ट्वीटरमा उपलब्ध हुनेछ । 

यो ट्वीट किन्ने व्यक्तिले एक प्रमाण पत्र प्राप्त गर्नेछन् जुन प्रमाणपत्रमा डोर्सीले डिजिटल हस्ताक्षर गरेर भेरिफाइ गर्नेछन् । यो ट्वीटलाई ३ महिनाअघि स्थापना भएको ट्वीट खरिदबिक्री गरिने बजार भ्यालुएबल बाइ सेन्टले बिक्रीमा राखेको हो ।

ट्वीटको बिक्रिले सबैलाई आकर्षित गरेको छ । तर कतिपय मानिसले एउटा ट्वीट र त्यो पनि ट्वीटरका संस्थापकको भएको कारण यसको मूल्य धेरै भएको बताएका छन् । 

क्रिप्टोकरेन्सीमा खरिद गर्ने भएको कारण ट्वीट खरिद गर्ने मानिसले यसलाई भविष्यमा थप मूल्यमा बिक्री गर्न सक्नेछन् ।

यस ट्वीटलाई अहिलेसम्म हजारौंपटक शेयर गरिसकेको छ । ट्वीटको लिलामीको मूल्य सार्वजनिक गरेको केही मिनेटमा नै ८८ हजार अमेरिकी डलर पुगेको थियो ।

भ्यालुएबल बाइ सेन्टको सम्झौता अनुसार, लिलामीको ९५ प्रतिशत रकम ट्वीटरका मालिक वा (रचनाकर्ता) क्रिएटरलाई जानेछ भने बाँकी वेबसाइटलाई हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया