पेट्रोलियम पदार्थ ल्याउने पाइप गाड्ने काम ५८ प्रतिशत सकियो

७ बर्ष अगाडि


वीरगन्ज-  भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म भू–सतहभित्रबाटै पेट्रोलियम पदार्थ ल्याउन पाइप बिच्छ्याउने (गाड्ने) काम नेपालतर्फ ५८ दशमलव शून्य १ प्रतिशत सकिएको छ ।
दुवै देशको कागजी सम्झौतापछि सातवटा सर्भे पूरा भई सुरु भएको जमिनमुनि पाइप गाड्ने काम नेपालतर्फ ४१ दशमलव ९ प्रतिशत मात्र बाँकी रहेको छ । यो नेपालतर्फको भू–सतहभित्र पाइप गाड्ने काम कुल ३६ दशमलव २ किलोमिटरमा १५ दशमलव २ किलोमिटर मात्र बाँकी रहेको हो ।

बन्द हडतालमा पनि भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म सिधा पेट्रोलियम पदार्थ ल्याउन कुनै बाधा व्यवधान नहुने लक्ष्यसहित दुवै देशका सरकारबीच सम्झौता भई अहिले युद्धस्तरमा पाइप गाड्ने काम भइरहेको छ । अहिलेसम्म नेपालतर्फ २१ किलोमिटर पाइप गाड्ने काम सम्पन्न भइसकेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्ट कार्यालय सिमराका मेकानिकल इन्जिनियर (एक्सपर्ट) शरदप्रसाद पौडेलले राजधानीलाई बताए । माटोको भू­बनोटसमेत परीक्षण भएपश्चात् गत ६ वैशाखबाट नेपालतर्फ पाइप गाड्न थालिएको उनको भनाइ छ । राजधानी दैनिकमा खबर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया