विप्लव समूहको दावी: ‘हामीसँग हतियार छैन'

४ बर्ष अगाडि

नेकपा विप्लव समूहले आफूहरुसँग कुनै हतियार नभएको दावी गरेको छ । सरकारसँग तीन बुँदे सहमतिका क्रममा हतियार व्यवस्थापनका कुरा कहीँकतै उल्लेख नभएपनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो पार्टीले आफूहरुसँग कुनै हतियार नरहेको दावी गरेको हो। 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा तपाईँहरूसँग भएको हतियार कहाँ छ ? भन्ने प्रश्नमा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले भने,‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन । हामीसँगको कुरा छैन त्यो । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होइन । सशस्त्र विद्रोहको कुरा पनि होइन । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्नै हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।’

उसो भए तपाईँहरूसँग अत्याधुनिक वा आधुनिक हतियार छैन रु त्यही सुतली बम मात्रै हो रु भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामीसँग हतियार छैन । हामीले हतियारको कुरा गरेको होइन् । हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन् । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो ।’

 

४ बर्ष अगाडि

प्रतिक्रिया