ओली समूहको दावी : 'हामीलाई संख्यामा कुनै चिन्ता छैन,हामी बहुमतमा छौँ ’

४ बर्ष अगाडि

नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी गरिएको छ । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरे ।  

उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् ।  उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने बताएका छन् । 

बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको भट्टराईको भनाइ छ । 
प्रचण्ड नेपाल पक्षमा पनि १ सय १५ जना सांसद छन् नि भनेर पत्रकारहरुको प्रश्नमा भट्टराईले भने, ‘उहाँहरुले कसरी  १ सय १५ पुर्‍याउनु भयो थाहा छैन, तर हामीलाई संख्यामा कुनै चिन्ता छैन। हामी बहुमतमा छौँ  ।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया