निर्मला हत्याको सय दिन, अनुसन्धान परिणाम शून्य

७ बर्ष अगाडि

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक सय दिन पूरा भएको छ । गत १० साउनमा साथीको घर जाने भन्दै हिँडेकी उनको भोलिपल्ट घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।  प्रहरी अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुले पनि हत्याको सय दिन पूरा हुँदा समेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।
निर्मलाको परिवार भने सय दिन बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै अनशन बस्ने तयारीमा पुगेको छ ।
निर्मलाका बाबु यज्ञराज पन्तले सरकारले आफ्नी छोरीको हत्यामा संलग्नलाई पक्राउ गर्न सय दिन बित्दासमेत नसकेको भन्दै अनशन बस्ने तयारी गरिएको बताए ।

‘निर्मलाको बलात्कारपछि हत्या भएको सय दिन पुग्यो तर सरकारले दोषी पत्ता लगाउन सकेन । अब म जिल्ला प्रशासन कार्यालयअगाडि अनशन बस्छु,’ निर्मलाका बाबु यज्ञराजले  भने ।
उनले सरकारले न्याय दिन नसक्ने भनेर भनेका बखत भने आफू चुप बस्नेसमेत जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया