प्रचण्डले ओलीलाई कुहिएको अण्डा भनेपछि.....

४ बर्ष अगाडि

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डा भनेका छन् ।  

निबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले माओत्से तुङको भनाइलाई सन्दर्भ बनाउँदै प्रधानमन्त्री ओलीलाई अण्डासँग तुलना गरेका हुन् ।

उनले भने 'एकचोटी माओत्से तुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो । अण्डा स्वास्थ्यका लागि हाम्रो हुन्छ । प्रोटिनयुक्त हुन्छ । धेरै चिज प्राप्त हुन्छ । राम्रो कुरा हो । तर, अण्डा कुहियो भने त्योभन्दा गन्हाउने चिज अरु केही पनि हुँदैन ।' 

साथै कम्युनिस्टहरु राम्रो भएको तर, गन्हाउन थाले र बिग्रिन थाले, कुहिए भने त्योभन्दा नराम्रो कोही पनि नहुने उनले बताएका छन् । उनले थपे, 'केपी ओली त्यही कुहिएको अण्डा होु, कुहिएको, गन्हाएको अण्डा त खाँइदैन नि त ? त्यसलाई गाडिन्छ, या जलाइन्छ ।'

४ बर्ष अगाडि

प्रतिक्रिया