उपसमिति गठनमा सांसदको विरोध

७ बर्ष अगाडि

काठमाडौँ- सदस्यहरूसँगको परामर्शबिना नै उपसमिति गठनको प्रस्ताव ल्याएको भन्दै राज्य व्यवस्था समितिका सभापति र सदस्यहरूबीच मतभेद भएको छ । 

सभापतिको प्रस्तावमा सदस्यहरूले विरोध जनाएपछि उपसमिति गठन हुन सकेनन् । 
सत्तारुढ दलका सांसदहरूले नै सदस्यको प्रस्तावको विरोध गरेपछि उपसमिति गठन हुन नसकेको हो ।

राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले समितिको क्षेत्राधिकार रहेका मन्त्रालय, कार्यालय, विभाग र आयोग समेटेर थप चार उपसमिति प्रस्ताव गरेकी थिइन् । तर, उक्त प्रस्तावको औचित्य नभएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सदस्यहरूले विरोध गरे । 
नेकपाका सदस्यहरू कृष्णागोपाल श्रेष्ठ, नवराज सिलवाल तथा जनार्दन शर्माले सभापतिको कार्यशैलीको आलोचना गरे । उनीहरूले समितिको सूचना प्राप्त नभएको भन्दै त्यसमा पनि असन्तुष्टि जनाए । 
समिति सदस्य श्रेष्ठले उपसमिति गठनको औचित्यमाथि नै प्रश्न गरे । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया